काठमाडौँ । रोल्पामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृति गाँउपालिका ७ तेवाङ भैसीपुरे गाउँकी २४ वर्षीया कृष्णा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोमबार अपराह्न साढे ३ बजेतिर आफ्नै घरभित्र कोठामा बसिहेको समयमा चट्याङले उनलाई लागेको थियो। घटनाबारे बेलुकीपख मात्रै इलाका प्रहरी कार्यालय सुलीचौरले सूचना पाएको थियो।
चट्याङ लागेर पुनको मृत्यु भएको प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।