कञ्चनपुर । महाकाली नदीमा व्यवसायिक रुपमा ¥याफ्टिङ सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टी क्षेत्रबाट विभिन्न संघसंस्थाको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।
सोमबार पानी सप्ताहको अवसर पारी निड्स नेपाल, होटेल व्यवसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ, यातायात समिति, नाटालगायत पर्यटन व्यवसायी सँगको सहकार्यमा साहसिक जलयात्रा सञ्चालनमा ल्याइएको हो ।
सन् २०१७ मा महाकाली बहुउपयोग परियोजना अन्तर्गत ¥याफ्टिङको सम्भाव्यता अध्ययन गरिएकोमा सन् २०२१ मा यसको सफल परीक्षण गरिएको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
हाल अड्रिफ्ट एडभेन्चर प्रालिअन्तर्गत दुई वटा ¥याफ्टिङ बोट सञ्चालनमा ल्याइएको जनाइएको छ । ¥याफ्टिङ सञ्चालनमा आएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
पाँचदेखि १० जनासम्मको समूहले प्याकेज खरिद गरी ¥याफ्टिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।