काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्। राष्ट्रपति पौडेल आज ओली निवास पुगेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्।
शोकको यस घडीमा उनले शोकसन्तप्त परिवारजन, विशेषगरी अध्यक्ष ओली तथा उनका आफन्तजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक सहानुभूति व्यक्त गरे।९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएका मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपतिले उनको सामाजिक तथा राष्ट्रिय जीवनमा गरेको योगदानको स्मरण गरेका छन्। साथै, उनको निधनले समाजले एक अभिभावक गुमाएको उल्लेख गरेका छन्। अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो।