काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवनिर्वाचित सांसद आशिका तामाङले ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु न्यायोचित नहुने बताएकी छिन् । मंगलबार सामाजिक सञ्जाल मार्फत तामाङले धादिङको मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने बताएकी हुन् ।
लेखेकी छिन्,‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायोचित हो ? आजबाट मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउँछु।’
तामाङले कसैले शुल्क उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिएकी छिन् ।