काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद निर्वाचित गरेको छ। आयोगले सोमबार समानुपातिकतर्फका ११० सांसद निर्वाचित गरेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिक सिट पाएका छन्। थ्रेसहोल्ड कटाएर समानुपातिकतर्फ सिट प्राप्त गर्ने दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेका छन्।
प्राप्त मतका आधारमा रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ। त्यस्तै कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा राप्रपा र श्रम संस्कृति पार्टीले ४–४ सिट पाएका छन्।


