कञ्चनपुर । कञ्चनपुरमा बौलाहा कुकुरले टोक्दा कयौं घाइते भएका छन् ।
भीमदत्त नगरपालिका–४ को महेन्द्रनगर बजार क्षेत्रका विभिन्न स्थानमा आइतबार बौलाहा कुकुरले टोकेर कयौं घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार बौलाहा कुकुरले टोक्दा ५० भन्दा बढी घाइते भएका छन् । घाइते भएका अधिकांसकाे महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ।
डीएसपी शाहीकाअनुसार बौलाहा कुकुरले अधिकांशलाई खुट्टामा टोकेको छ । घटनापछि कुकुरलाई नियन्त्रणमा लिएर उपचारका लागि भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रमा बुझाइएको छ ।