काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटार बैठक सुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा जेन–जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदैछ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ । करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिकरूपमा प्रतिवेदन लैजान लागिएको हो ।
प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ ।