काठमाडौँ । नेपालको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले देशका विभिन्न भागमा मौसमी गतिविधि बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी गण्डकी र बागमती प्रदेश यस प्रणालीबाट बढी प्रभावित भएका छन्। गण्डकी र बागमती प्रदेशका केही जिल्लाहरूमा अहिले मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशका पनि एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।
यो मौसमी प्रणाली बिस्तारै पूर्वतिर सर्दै गइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसको अर्थ आगामी केही घण्टामा देशका पूर्वी भागहरूमा पनि वर्षा र हावाहुरीको सम्भावना रहने जनाएको छ ।
हावाहुरी र विशेष गरी चट्याङ तथा असिनाबाट हुन सक्ने जनधनको क्षति कम गर्न विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। मेघगर्जन भइरहेको समयमा सुरक्षित ओत लाग्न र सम्भव भएसम्म घरभित्रै बस्न सुझाव दिइएको छ।