काठमाडौँ । इनिसा विकको न्यायका लागि आज आइतबार माइतीघर मण्डलामा नेपाल दलित मुक्ति मोर्चाले विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि हुने हिंसा र अन्यायको अन्त्य हुनुपर्ने र दोषीलाई कडा कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए । विरोध प्रदर्शनमा दलित महिलाहरुमाथि हुने बलत्कार र हत्या बन्द गर, महिला तथा बालबालिकामाथि हुने सबै किसिमका उत्पीडन र हिंसा बन्द गर, इनिसा वि.क.लाई न्याय दे, छुवाछुत बिभेदको पूर्ण अन्त्य गर जस्ता नारा लगाउँदै विरोध गरेका हुन ।
मोर्चाका नेता तथा कार्यकर्ताहरूले इनिसा विकको घटनामा राज्यले तदारुकता नदेखाएको भन्दै दबाब स्वरूप यो प्रदर्शन गरिएको बताएका छन्।