काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट नै अपाङ्गता भएका व्यक्ति र महिलाहरुको पहुँचलाई ध्यान दिनुपर्ने बताएकी छन् । उनले आज वडा नम्बर ५ भित्रका निर्माणाधीन पूर्वाधार योजनामध्ये सानो गौचरन स्टेडियम र स्केटवोर्ड पार्कको अनुगमन गर्ने क्रममा यस्तो बताएकी हुन ।
अहिलेसम्म स्टेडियमको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । सानो गौचरन स्टेडियम निर्माणका लागि २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको काम गरिरहेको छ ।
रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान क्षेत्रफलमा निर्माण भइरहेको छ ।१ हजार ५ सय जनाको दर्शक क्षमता रहेको छ ।