काठमाडौँ। चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खर्च विवरण सार्वजनिक गरेकी छन् । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफूले गरेको खर्चको विवरण गौतमले बिहीबार सार्वजनिक गरेकी हुन् ।
उनको चुनाव खर्च ९ लाख ९३ हजार ४५ रूपैयाँ रहेको छ । गौतमका अनुसार मनोनयन दर्ता ५ हजार, प्रचार(प्रसार सामग्री ३ लाख १७ हजार ४०० र मतदाता प्रशिक्षणमा ३० हजार खर्च भएको छ । यसैगरी, नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, वडास्तरीय प्रचार(प्रसार १ लाख, सवारी साधन ३ लाख २५ हजार, सचिवालय प्रयोगका लागि स्टेशनरी खरिदमा २३ हजार ४४५ र खाद्यान्न, रासन तथा पानीमा गरेर एक लाख १८ हजार खर्च भएको छ ।
