काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी-२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत रहेका छन् । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबारसम्मको नतिजा सम्मिलित सूची बुधबार सार्वजनिक गरेको हो ।
पुरुषतर्फको टी-२० अलराउण्डर वरियतातर्फ दिपेन्द्र चौंथो स्थानमा यथावत रहेका हुन् । टी-२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी-२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत रहेका छन् । दिपेन्द्रले नेपालका लागि २ अर्धशतकसहित १६९ रन बनाएका थिए । त्यस्तै उनले विश्वकपमा २ विकेट पनि लिएका थिए । टी-२० अलराउण्डरको शीर्ष स्थानमा जिम्बाबेका कप्तान सिकन्दर राजा रहेका छन् । भारतका हार्दिक पाण्ड्या दोस्रो र पाकिस्तानका सैम अयुब तेस्रो स्थानमा रहेका छन् ।