काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम भएको विवरण निर्वाचन आयोगलाई बुझाइएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रूपैयाँ रहेको छ ।
यस्तो उल्लेख गरिएको छ । विवरणमा मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार गरी कुल खर्च ९ लाख ८९ हजार ९८७ रूपैयाँ रहेको उल्लेख छ ।

