नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला ११ हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कायम भएको छ।
बुधबार सुन प्रतितोला तीन लाख १७ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।बुधबार प्रतितोला पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९५ रूपैयाँ घटेको हो।