काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलबार प्रतितोला तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन ११ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ५ हजार ५४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।