काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ५६ सय रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार एक तोला सुनको मुल्य तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, चाँदी ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन प्रतितोला पाँच हजार ९८५ मा कारोबार भएको थियो ।