काठमाडौं । हास्य टेलिश्रृंखला मेरी बास्सैको चर्चित पात्र सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकाबाट धुर्मुस-सुन्तलीकै गेटअपमा देखिएका छन् । झण्डै ३ महिना अघि अमेरिका पुगेका उनीहरू अहिले कलाकर्ममा सक्रिय बन्न थालेका छन् ।
नेपाली उत्पादन खाध्यसामाग्री तथा औषधीय सामग्री निर्यात गर्ने ट्रु हिमालय फुडस र एभरेष्ट फोनको विज्ञापनमा उनिहरु धुर्मुस-सुन्तलीकै गेटअपमा सार्वजनिक भएका हुन्। अझै पनि केही अन्य विज्ञापन तथा म्युजिक भिडियो छायांकनका क्रममा रहेको र अन्य क्षेत्रबाट पनि कामका लागि अनुरोध आइरहेको कट्टेलले जानकारी दिए ।