काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोल एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ प्रतितोला आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो।