काठमाडौंं । आज (आईतवार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो ।
आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ । गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ ।
शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ ।