काठमाडौं । शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ४ हजार ७०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।
तथापि, आज चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घट्न पुगेको नेपाल सुचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला ५ हजार ६० रूपैयाँमा कारोबार भएकोमा आज घटेर ५ हजार ५० रूपैयाँमा झरेको हो ।