काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ४ हजार तीन सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।