काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला रु ३ लाख ४०० पुगेको छ, जुन मंगलबारको मूल्यभन्दा रु १,५०० कम हो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी रु ४ हजार ८८० प्रतितोलामा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्यभन्दा रु ५ कम हो। अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रति औँस ४ हजार ९५० अमेरिकी डलरमा कारोबार भइरहेको छ।