काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन हजार रुपैयाँले तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तीन लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा १२५ रुपैयाँले घटेको छ । अघिल्लो दिन चार हजार ९८५ रुपैयाँमा कारोबार भएको सुन यस दिन चार हजार ८६० रुपैयाँ तोकिएको छ ।