काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १.५१ रूपैयाँ र डिजेलमा ५.०२ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ।
