काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा २३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आजको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।