काठमाडौँ । शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ ।
अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार रूपैयाँले घट्दै ३ लाख ३ हजार ५०० रूपैयाँमा झरेको हो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३४०रुपैयाँले घट्दै ५ हजार रूपैयाँ कायम भएको छ ।