काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। बैंकले तोकेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा कायम भएको छ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
अन्य देशका मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा तथा क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।
सिङ्गापुर डलरको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा रहेको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा हुँदा चिनियाँ युआनको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा कायम भएको छ। खाडी मुलुकका मुद्रातर्फ साउदी रियालको बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा र कतारी रियालको ३९ रुपैयाँ ८५ पैसा पुगेको छ।
त्यसैगरी, युएई दिरामको बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा र मलेसियन रिङ्गेटको ३७ रुपैयाँ २२ पैसा तोकिएको छ। कुवेती दिनारको बिक्रीदर ४७६ रुपैयाँ र बहराइन दिनारको ३८५ रुपैयाँ २६ पैसा पुगेको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ।
राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने बताएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने भएकाले ताजा जानकारीका लागि बैंकको वेबसाइट हेर्न सकिने उनले जानकारी दिएका छन्।