काठमाडौँ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ६ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १०० रूपैयाँले घट्दै ३ लाख ६ हजार ५०० रूपैयाँमा झरेको हो ।
तर आज चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढ्दै ५ हजार ३४० रूपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २९० रूपैयाँमा कारोबार भएको थियो ।