काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ भनेको चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा नौ सय रुपैयाँले बढेको हो । आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको सुन आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो ।