काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २४० रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य तोलामा ३ हजार ४ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५०० रुपैयाँ रहेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य २४० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार १० रुपैयाँ रहेको थियो ।