काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।
यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।