काठमाडौँ । निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्द्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो ।
समझदारीमा आयोगका तर्फबाट सहसचिव नारायणप्रसाद भट्टराई र टिकटककातर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षार गरेका छन्। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो ।