काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (माघ २१) मा सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।
आजको मूल्यअनुसार एक तोला सुनको मूल्य तीन लाख चार हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।