काठमाडौं । प्रभु बैंक लिमिटेडको आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुमन शर्मा नियुक्त भएका छन्।
मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेका शर्मा अनुभवी बैंकरका रूपमा परिचित छन्।
शर्मा यसअघि माछापुच्छ्रे बैंक तथा सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। प्रभु बैंकका निवर्तमान सिइओ अशोक शेरचनले आइतबार पदबाट राजीनामा दिएपछि रिक्त भएको पदमा शर्मालाई नियुक्त गरिएको हो।
नयाँ सिइओ नियुक्तिसँगै बैंकको नेतृत्व आगामी चार वर्षका लागि शर्माको जिम्मेवारीमा रहनेछ।