काठमाडौं । नेपालको पहिलो दालभात खाने प्रतियोगिताको उपाधि आयुस रिसालले पाएका छन् । मोनालिसा थकालीले आयोजना गरेको नेपालको पहिलो दालभात खाने प्रतियोगिताको उपाधि आयुस रिजालले पाएका हुन् ।
आयुसले २७ सय ग्राम खानालाई १५ मिनेटमा १२ सय ३६ ग्राम मात्र खाएर उपाधि हासिल गरेका हुन् । यस्तै, दोस्रो हुने अशोक न्यौपानेले १५ मिनेटमा ७३६ ग्राम खाए । सरोज देसारले ७०४ ग्राम खाएर तेस्रो भए ।
पहिलो हुने १५ हजार, पोखरा, मुस्ताङ ट्रिप पाएका छन् । यस्तै, दोस्रो हुनेले पाँच हजार र तेस्रो हुनेले तीन हजार र गिफ्ट ह्याम्पर पाएका छन् ।
यस्तै १३० जनाबाट आयुस रिसाल, अशोक न्यौपाने, सरोज देसार, आर्यन थापा, स्वकर हमाल, अरून कुनुवार, आयुस्मा महत, असिम राई, प्रसुन अधिकारी र रोजन तामाङ टप टेनमा पुगेका थिए । आयोजकका अनुसार १३० जना सहभागीबाट एक हप्ताको प्रतियोगिता पछि १० जना फाइनलका लागि चुनिएका थिए ।