काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य ३ लाख १८ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।