काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ ।
आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.१२, डिजेलमा रु. ४.६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५.४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
