धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम भ्रमण पूरा गरेका छन् । चार दिनको सुदूरपश्चिम भ्रमणमा बालेन बाजुरा समेत पुगेका थिए ।
बालेन बाजुरा सदरमुकाम पुगेपनि रास्वपाबाट बाजुरामा उम्मेदवार रहेका हेमराज थापाले भने बालेन जिल्ला पुगेको पत्तै पाएनन् ।थापाले बालेन जिल्लामा आएको दुई दिन पछि थाहा पाएको बताएका छन् ।
‘प्रिय बालेन, तिमी बाजुरा आएको मैले दुई दिनपछि थाहा पाएँ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सञ्चार र सडकको पहुँचबाट टाढा रहेको मेरो जिल्लाको हिमाली पालिकाका हिउँले ढाकिएका घाँटीहरू छिचोल्दै गर्दा तिमी मेरो सचिवालय मार्तडिमा पुगेछौँ । म तिमीलाई स्वागत गर्न आउन सकिनँ । अहिले यो सन्देश म हुम्ला जिल्लाको मोबाइल नेटवर्कबाट लेख्दै छु । बालेन तिमी निकट भविष्यमा प्रधानमन्त्री बन्दै छौँ, अब मेरो जिल्लाका नागरिकले फेरि यस्तो दुस्ख कहिल्यै भोग्न नपरोस् है ।’ हेमराजले बाजुरा अभाव नभएर अवसरको जिल्ला भएको पनि बताएका छन् ।
चुनावी अभियानका क्रममा बालेन बिहीबार बाजुरा पुगेका थिए ।