काठमाडौं । नेपालले पूजा महतोको कप्तानीमा एसीसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान इन्दु बर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई टोलीको कप्तानीको जिम्मेवारी दिएको हो ।
थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई तथा फेब्रुअरी १७ मा भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
एसिया कप राइजिङ स्टार्स प्रतियोगिता युवा खेलाडीहरूको क्षमताको परीक्षण गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ । नेपालले यस प्रतियोगितामार्फत आफ्नो प्रदर्शनलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ ।
यस्तो छ नेपाली टिम
पूजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुवि पाद्दोर, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमना केसी रहेका छन् ।