काठमाडौँ । आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४८ पैसा छ ।
हिजो अमेरिकी डलर एकको खरिददर १ सय ४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ४४ पैसा थियो भने अस्ति बिहीबार एक अमेरिकी डलरको खरिदर १ सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १६ पैसा थियो ।
केही दिनयता अमेरिकी डलरको भाउ निरन्तर बढेको हो । डलरको भाउ उच्च हुँदा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । तर, डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयात बापतको भुक्तानीमा हुन्छ ।
आज क्यानेडियन डलर, कुबेती दिनार र बहराइन दिनारको पनि खरिददर बढेको छ । राष्ट्र बैंकका अनुसार आज क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ९५ पैसा छ । स्विस फ्रयाङ्क एकको खरिददर १ सय ९१ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ ८७ पैसा छ । आज युरो एकको खरिददर १ सय ७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ७५ रुपैयाँ ८३ पैसा छ ।
यस्तै आज पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय १ रुपैयाँ ९४ पैसा र बिक्रीदर २ सय २ रुपैयाँ ७६ पैसा छ । आज अस्ट्रेलियन डलर एकको खरिददर १ सय २ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय ३ रुपैयाँ २१ पैसा छ । त्यस्तै जापानी येन १० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा छ । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।