काठमाडौं । नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७औँ गणतन्त्र दिवस मनाइएको छ।
कार्यक्रमको शुभारम्भ कार्यवाहक भारतीय राजदूत डा. राकेश पाण्डेले राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्दै गरे। त्यसपछि ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रस्तुति गरिएको थियो।
यस अवसरमा कार्यवाहक राजदूत पाण्डेले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती तथा निकटतम नातेदारहरूलाई सम्मान गर्दै कुल ७ करोड २० लाख नेपाली रुपैयाँ बराबरका आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) का चेकहरू हस्तान्तरण गरे ।
कार्यक्रममा विगत एक वर्षमा भारत–नेपाल सम्बन्धमा हासिल भएका महत्वपूर्ण प्रगतिहरू समेटिएको भिडियो पनि प्रस्तुत गरिएको थियो ।