काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री सोमबार (माघ १२) देखि खुला भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता आईओ निष्कासन गर्ने अनुमति पाएको थियो ।
२० लाख कित्तामध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा एक लाख कित्ता गरी कुल ११ लाख कित्ता यसअघि नै निष्कासन गरिसकेको छ । बाँकी रहेको ९ लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यसरी बचेको ८ लाख ३० कित्ता हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाइएको हो ।
इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि माघ १५ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको छ ।