काठमाडौँ । प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला चुनावी मैदानमा होमिएपछि उनले चलाउदै आएको टिभि कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ ऋषि थपलियाले चलाउन सुरु गरेका छन् ।
धमला रौतहटबाट चुनाव लड्ने भएपछि जनता जान्न चाहन्छन् कार्यक्रम थपलियाले चलाउन थालेका हुन् ।
थपलिया विगत लामो समयदेखि कार्यक्रम प्रोड्युसरको रुपमा कार्यरत थिए भने अहिले उनि कार्यक्रम प्रस्तोताको रुपमा पर्दामा आएका हुन् ।
थपलिया नेपाली पब्लिकका पूर्व सहकर्मी समेत हुन् । उनले आफ्नो पत्रकारीताको सुरुवात यस नेपाली पब्लिक डटकमबाट गरेका थिए ।