काठमाडाैँ। १७औँ राष्ट्रिय बाल नाटक महोत्सव माघ २६ गतेदेखि सुरू हुने भएको छ । फागुन २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव रुसी सदन, कमलपोखरीमा महोत्सव आयोजना हुने भएको हाे ।
'महोत्सवमा आयोजक बाहेक १८ वटा नाटक छनाेट भएका छन् । महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १८ वटा नाटक छनाेट भएकाे,' १७औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले बताए ।
महोत्सव शैली थिएर, ओजस थिएटर र रुसी सदन,काठमाडाैँमा आयोजनामा हुनेछ । महोत्सवमा छनाेट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा.वि ललितपुरको 'हामी एकै हौ',मेधाश्री विद्यालय, काठमाडाैँको 'यशस्वी भवः', हामी दाजुभाइ संस्था ललितपुरको 'के यो माया हो ?', इन्टरनेसनल स्कुल धुम्रबाराही,काठमाडौँको 'अब उठ्नु छ', काभ्रे ईङलिस माध्यमिक विद्यालय पनौती काभ्रेको 'सपनाको पुल', स्प्रीङ हिल ईङलिस बोर्डीङ स्कुल काभ्रेको 'सुनको, जुत्ता' र प्रगति प्रभात एकेडेमी काभ्रेको 'आमाको आशा' रहेका छन् ।
त्यसैगरि, विद्या सागर ईङलिस बोर्डीङ स्कुल,काभ्रेको 'फाटेको गोजी', ज्ञान ज्योति एजुकेसन फाउन्डेसन, दाङको 'रगतले लेखिएको सपना', मृगशिरा वोर्ल्ड स्कूल,काठमाडाैँकाे 'सेतो जुत्ता',मेरी गोल्ड स्कूल भक्तपुरको 'पार्वती', होली एन्जल्स पब्लिक स्कूल काठमाडौँको 'फूलको थुंगा' महोत्सवमा छनाेट भएका छन् ।
त्यस्तै , रिम्स स्कुल काठमाडौँको 'रातो फूल',रेड स्टार मा.वि.मोरङ्गको 'रात चिर्न्या भानु', मकालु मोरङ्ग स्कुल, मोरङ्गको 'कमिला र फट्याङग्रो',माउण्ट हर्मन चिल्ड्रेन मोरङ्गको 'श्रवण कुमारको कथा', मादे स्कुल काठमाडाैँको 'लुकेको कथा' र गैडाकोट ईङलिस स्कुल गण्डकीको 'हजुरबा ! कथा सुनाउनुस न !' सहित १८ वटा नाटक महोत्सवका लागि छनाेट भएका छन् ।
