काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा सक्रिय रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएका छन्।
बालेनले आइतबार उपमेयर सुनिता डङ्गोललाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। महानगर स्रोतका अनुसार राजीनामा प्रक्रिया कार्यविधिअनुसार अगाडि बढाइएको छ।
संसदीय राजनीतिमा प्रवेशको तयारी
बालेन शाह आगामी प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका छन्। यससँगै उनले स्थानीय तहको नेतृत्वबाट संसदीय राजनीतितर्फ यात्रा तय गरेका हुन्।
साढे तीन वर्षको कार्यकालपछि नयाँ अध्याय
साढे तीन वर्ष काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हालेका बालेनले शहरी व्यवस्थापन, सुशासन र संरचनागत सुधारका काममा सक्रिय भूमिका खेलेका थिए। अब उनले राष्ट्रिय राजनीतिमा आफूलाई केन्द्रित गर्ने निर्णय गरेका छन्।

