काठमाडौँ । नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ७८ हजार पुगेको छ । सुनको यो मूल्य इतिहासकै उच्च हो ।
यसै साताको आइतबार प्रतितोला दुई लाख ७० हजार छ सय रुपैयाँ रहको सुनको भाउ त्यसपछि निरन्तर बढेको हो ।
सोमबार प्रतितोला दुई लाख ७४ सात सय र मंगलबार दुई लाख ७६ हजार पाँच सय रुपैयाँ रहेको थियो ।
यता, असली चाँदीको भाउ उच्च दरले बढेको छ । बुधबार एकैदिन तोलामा तीन सय १५ रुपैयाँले चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बुधबार मूल्य बढेसँगै चाँदी प्रतितोला पाँच हजार छ सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य पनि इतिहासकै उच्च हो । चाँदी अघिल्लो दिन मंगलबार पाँच हजार तीन ४० रुपैयाँमा कारोबार भएको थियो ।