काभ्रे । जिल्लास्थित खानीखोला गाउँपालिकामा एक प्रहरी हवल्दारको भीरबाट लडेर मृत्यु भएको छ ।
गाउँपालिकाको प्रहरी चौकी फलामेटारमा कार्यरत ३५ वर्षीय रामकृष्ण खड्काको सोमबार दिउँसो भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
खड्का सोमबार बिहान करिब १० बजेको समयमा कार्यालयको कामका सिलसिलामा चौकीबाट निस्किएका थिए । दिउँसो उनी गोरेटो बाटोबाट करिब २५ फिट तल खसेको अवस्थामा फेला परेको शाहले बताए । मृतक खड्काको स्थायी घर दोलखा हो ।