काठमाडौँ । राफिन्हाले खेलको ७३औँ मिनेटमा निर्णायक गोल गर्दै बार्सिलोनालाई स्पेनिस सुपरकपको उपाधि दिलाएका छन्। आइतबार भएको रोमाञ्चक फाइनलमा बार्सिलोनाले कट्टर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ ले पराजित गर्दै उपाधि उचाल्यो।
बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे भने अर्को गोल रोबर्ट लेवान्डोस्कीले थपे। खेलको क्रममा १० खेलाडीमा सीमित भएको बार्सिलोनाविरुद्ध रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले एक–एक गोल गरे। यो जितसँगै बार्सिलोनाले स्पेनिस सुपरकप १६औँ पटक जित्ने कीर्तिमान कायम गरेको छ। केयलिन एमबापेमाथि फाउल गरेपछि फ्रेन्की डे जोङले रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। सुपरकप जितेपछि अब बार्सिलोनाको ध्यान स्पेनी ला लिगाको उपाधितर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।