काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज–पुस २४ गते अन्तिम दिन हो। कम्पनीले पुस २१ गतेदेखि सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्काशन गरेको छ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ रहेको छ। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। सीडीएससीका अनुसार बुधबार बेलुकासम्म यस एफपीओमा १८ लाख ८६ हजार २८७ जनाले आवेदन दिएका छन्। उनीहरूले कुल २ करोड २० लाख ५३ हजार ५३० कित्ताका लागि आवेदन दिएका छन्। आवेदन रकम २ अर्ब २० करोड ५३ लाख ६३ हजार रुपैयाँ पुगेको छ। यसरी, माग निष्काशित सेयरभन्दा ४७.२४ गुणा बढी देखिएको छ।