काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले १५१ सिट जित्ने पार्टीको लक्ष्य रहेको बताएका छन् ।पोखरामा शनिबार आयोजित सदस्य भेटघाट कार्यक्रममा बोल्दै उपसभापति वाग्लेलेरास्वपा १५१ सिटको लक्ष्यमा अघि बढेको बताएका हुन् ।
उनले भने ‘‘अब हामी २०र/२१ सिट होइन, अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य भनेको १५१ सिट हो । २१ बाट १५१ सिट, यो चानेचुनै संकल्प होइन । २१ बाट ५०/६० पो ठिकठिकै हो । २१ बाट १५१ नै किन भनियो भने यसका पछाडि हाम्रो विगतको संसदमा एउटा पिडादायिक अनुभव छ ।’
रास्वपा व्यक्तिमाथि दल र दलभन्दा माथि मुलुक हुनुपर्छ भनेर अघि बढेको उनले बताए ।